राजधानीमा जारी जेनजी आन्दोलन थप उग्र बनेको छ । ललितपुरको पुल्चोकस्थित मन्त्री क्वार्टरमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । भ्रष्टाचार, बेथिति, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, र सत्ताधारी नेताहरूको जीवनशैलीप्रति आक्रोशित जेनजी पुस्ताले देशव्यापी प्रदर्शन चर्काइरहेका छन् ।
ललितपुरस्थित मन्त्री आवास परिसरभित्र प्रवेश गरेका प्रदर्शनकारीहरूले ढुंगामुढा गर्दै तोडफोडपछि आगजनी गरेका हुन् । सोमबार भएको आन्दोलनमा १९ जनाको मृत्यु भएपछि जनआक्रोश अझै तीव्र बनेको छ ।
आज बिहानदेखि काठमाडौं उपत्यकाको विभिन्न स्थानमा प्रदर्शन जारी रहँदा, शीर्ष नेताहरूको निवास, पार्टी कार्यालयहरू, र सरकारी भवनहरू प्रदर्शनकारीहरूको निशानामा परेका छन् । पुलिसले अश्रुग्यास र हवाई फायरमार्फत भिड तितरबितर पार्ने प्रयास गरिरहेको छ तर प्रदर्शनकारीको संख्या र आक्रोश दुवै बढ्दो छ ।
प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार
सत्यपाटी