२०८३ वैशाख ४ , शुक्रबार 17, April 2026, Friday

सामाजिक सञ्जाल सिंहदरबारभित्र चल्ने, अन्त नचल्ने

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ भदौ २३ गते सोमबार

सिंहदरबारमा सबै सामाजिक सञ्जाल निरन्तर सञ्चालनममा रहेको पाइएको छ । सिंहदरबारमा रहेको नेटवर्क अन्तर्गतका वाइफाइ कनेक्ट भएपछि फेसबुक, ह्वाटस्याप, म्योन्जर लगायतका प्ल्याटफर्म खुल्छन् ।

विगतदेखि नै यस्तो निरन्तर रहेको संसद् सचिवालयका कर्मचारी र सांसदहरू बताउँछन् । सोमबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक थियो ।

बैठक चलिरहेका बेला सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शनमा उत्रिएकाहरूले संसद् भवन नयाँ बानेश्वरमा प्रदर्शन चर्काएपछि गृहमन्त्री रमेश लेखक बाहिरिए ।

गृहमन्त्री लेखक समितिको बैठकबाट बाहिरिएपछि समितिको बैठक पनि स्थगित भयो । बैठकपछि एक सांसद भन्दै थिए, ‘सिंहदरबारमा चल्ने, अन्त नचल्ने भएपछि नागरिकमा आक्रोश त बढिहाल्छ नि ।’

प्रकाशित मिति : २०८२ भदौ २३ गते सोमबार