जेनी जागेपछि सामाजिक सञ्जालको प्रतिबन्ध हटाउने विषयमा सत्तारुढ दलका नेता र मन्त्रीले छलफल सुरु गरेका छन् ।
नेपाली काँग्रेसका नेताहरुले तत्काल फेसबुक लगायतका सामाजिक सञ्जाल खुलाउनुपर्ने भन्दै प्रधानमन्त्री र आफ्नै मन्त्रीसँग आग्रह गरेको र एमालेका मन्त्रीहरुले पनि सोही सुझाव प्रधानमन्त्री र सञ्चारमन्त्रीलाई दिएको बुझिएको छ ।
सामाजिक सञ्जाल बन्द भएकै कारण जेनजीहरु प्रदर्शनमा उत्रिएको निष्कर्ष स्वयम् सरकारको बुझाई छ । यद्यपी सञ्चारमन्त्री भने फेसबुक खुलाउने लाइनमा तत्काल नरहेको उनी निकटहरुको दाबी छ ।
जेनजी जागेपछि सामाजिक सञ्जालको प्रतिबन्ध हटाउने विषयमा सत्तारुढ दलका नेता र मन्त्रीले छलफल सुरु गरेका छन् । केहिदिन अघिदेखि सरकारले सूचीकरण गर्न नआएको भन्दै नेपालमा फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गरेको छ । सोको विरोधमा जेनजीहरु प्रदर्शनमा उत्रिएका छन् ।
