२०८३ असार ११ , बिहीबार 25, June 2026, Thursday

कोहलपुर प्रहरीको हिरासतमा थुनुवाको मृत्यु

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ भदौ २३ गते सोमबार

इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका ३८ वर्षीय वीरेन्द्रबहादुर सिंहको मृत्यु भएको छ । ज्यान मार्ने मुद्दामा अनुसन्धानका लागि तीन दिनदेखि हिरासतमा राखिएको थियो ।

अस्वस्थ भएपछि उपचारका लागि कोहलपुर मेडिकल कलेज पुर्याइएकोमा उपचारकै क्रममा सोमबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्युको कारणबारे भने प्रहरीले कुनै जानकारी दिएको छैन । सिंहलाई कति दिनको म्याद थपिएको थियो भन्नेबारे पनि प्रहरीले स्पष्ट विवरण सार्वजनिक गरेको छैन । घटनापछि मृतकका आफन्त इलाका प्रहरी कार्यालय कोहलपुरमा पुगेका छन् ।

प्रकाशित मिति : २०८२ भदौ २३ गते सोमबार