२०८३ मंसिर ११ , शुक्रबार 27, November 2026, Friday

काठमाडौंमा जेनजी प्रर्दशन, औषधीसहित डाक्टर उपस्थित, बालेनले राखे घुम्ती शौचालय

सामाजिक सञ्जाल बन्द, भ्रष्टाचारको विरोध र अव्यवस्थाविरुद्ध जेनजी प्रदर्शनमा उत्रिएको छ । संघीय राजधानी काठमाडौं लगायत देशभर जेनजी आज बिहानैदेखि प्रर्दशनमा उत्रिएको हो । उसले शान्त, संयम र भयरहित ढंगले प्रदर्शन गरिरहेको छ ।

प्रदर्शन नियन्त्रण बाहिर जान सक्ने भयले सरकारले सादा र हतियारधारी प्रहरी परिचालन गरेको छ । प्रदर्शनलाई लक्षित गर्दै काठमाडौं महानगरले सार्वजनिक शौचालयको व्यवस्था गरिदिएको छ भने डाक्टरहरू एप्रोनसहित औषधीजन्य सामाग्री लिएर प्रदर्शनमा छन् ।

प्रकाशित मिति : २०८२ भदौ २३ गते सोमबार