राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा निजामती सेवा सम्बन्धी विधेयकमा दुई वर्ष ‘कुलिङ अफ पिरियड’ राख्ने सहमति गरिएको छ । शनिबार (भदौ १४) सिंहदरबारमा बसेको समिति बैठकमा सांसदहरूले ‘कुलिङ पिरियड’को व्यवस्था राख्ने सहमति गरेका हुन् ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा पनि यसअघि दुई वर्ष ‘कुलिङ पिरियड’ राख्ने सहमति गरिएको थियो । तर, पछि प्रतिवेदन तयार गरिँदा तोडमोड गरिएको थियो । प्रतिनिधिसभाबाट त्यो पारित गरिएको थियो ।
त्यसपछि निजामती विधेयक राष्ट्रियसभामा पुगेको हो । विधायन व्यवस्थापन समितिमा ‘कुलिङ पिरियड’को भाषा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र सचिवालयले मिलाउने सहमति गरिएको सभापति तुलसाकुमारी दहालले जानकारी दिइन् ।
प्रकाशित मिति : २०८२ भदौ १४ गते शनिबार
