विषाक्त मादक पदार्थ सेवनका कारण कुवेतमा मृत्यु हुने नेपाली श्रमिकको संख्या ११ पुगेको छ । उपचार गराई रहेका मध्ये थप दुई जना नेपालीको मृत्यु भएको दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यले बताए ।
गत मंगलबार विषाक्त मादक पदार्थ सेवनपछि नेपाली, बंगाली र भारतीय गरी १६० जनाभन्दा बढी श्रमिक विरामी परेको कुवेत सरकारले जनाएको छ । गत शुक्रबारसम्म कुवेत सरकारले २३ जनाको मृत्यु भएको जनाएको थियो ।
हस्पिटलमा भर्ना भएकामध्ये १५ जना नेपाली गम्भीर अवस्थामा रहेको नेपाली दूतावासले जनाएको छ । अन्य भने उपचार भएपछि डिस्चार्ज भएका छन् । मृतक श्रमिकको भने मेडिकल रिपोर्ट आउन बाँकी भएको औपचारिक रुपमा मृत्युको कारण खुलाउन नसकिएको श्रम सहचारी आचार्यले बताए ।
कुवेतमा मादक पदार्थ सेवा पूर्णरुपमा प्रतिबन्ध छ । प्रतिबन्धका बावजूद पनि आप्रवासी श्रमिकहरूले गैरकानुनीमा मादक पदार्थ उत्पादन गर्ने र विक्री वितरण गर्दै आएका छन् । यसरी नै उत्पादन भएको मादक पदार्थ सेवनबाट आप्रवासी श्रमिकको मृत्यु भएको हो ।
रंगेहात पक्राउ परे नेपाली
कुवेतमा अवैध तरिकाले मदिरा उत्पादन गरी बिक्री गर्दै आएका एक नेपाली रंगेहात पक्राउ परेका छन् । कुवेतको मिडिया द टाइम्स कुवेत र अरब टाइम्सले आफ्नो समाचारमा स्थानीय प्रहरीले कुवेतका सलमियाबाट नेपाली नागरिक भुवनलाल तामाङलाई रंगहात पक्राउ गरेको उल्लेख गरेका छन् ।
‘सलमियाबाट भुवनलाल तामाङ भनेर चिनिने नेपाली नागरिकलाई मिथानोलसहित रंगेहात पक्राउ गरिएको थियो । उनले पदार्थ तयार गर्ने र बेच्ने गरेको स्वीकार गर्दै आफूले कसरी व्यवसाय गरेँ भनेर विस्तृतरूपमा वर्णन गरेका थिए,’ द टाइम्स कुवेतको समाचारमा उल्लेख छ । गत साता विषाक्त मदिरा सेवन गर्दा कुवेतमा २३ जनाको मृत्यु भइसकेको छ ।
१६० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यका अनुसार विषाक्त मदिरा सेवनका कारण हालसम्म ११ जना नेपालीको मृत्यु भएको पुष्टि भएको जानकारी दिए । नेपाल पत्रकार महासंघ कुवेत शाखाले भने १६ जना नेपालीको मृत्यु भएको जनाएको छ ।
विशाक्त मदिरा सेवन अरी अशक्त बनेका अझै ४० जनाभन्दा बढी नेपाली विभिन्न अस्पतमला उपचारत रहेको उनले बताए । विषाक्त मदिरा सेवन गरी धेरैको मृत्यु भएपछि कुवेतको प्रहरीले यस्ता पदार्थ उत्पादन तथा बिक्री गर्नेको खोजी सुरु गरेको थियो । यसैक्रममा दुई नेपालीसहित ६७ जनालाई प्रहरीले पक्राउ गरेको कुवेती मिडियाले जनाएका छन् ।
पक्राउ पर्नेमा नेपाली, बंगलादेशी र भारतीय छन् । पक्राउ पर्ने अर्का एक नेपालीमा नारायणप्रसाद बश्याल छन् । कुवेत सरकारले कुवेतमा मदिरा उत्पादन, बिक्री वितरण र सेवन गर्न निषेध गरेको छ । तर, केही व्यक्तिहरूले लुकिछिपि मदिरा उत्पादन गरी बिक्री गर्ने गरेको पछिल्ला घटनाले पुष्टि गरेको छ ।
सत्यपाटी