२०८३ असार १३ , शनिबार 27, June 2026, Saturday

सरकारले तोक्यो वर्षे धानको न्यूनतम समर्थन मूल्य

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन २९ गते बिहीबार

सरकारले चालु आर्थिक वर्ष २०८२–०८३ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ४६३ रुपैयाँ र मध्यम धानको ३ हजार ६२८ रुपैयाँ निर्धारण गरिएको छ । गत वर्ष सरकारले वर्षे धानको मोटाको ३ हजार ४१० र मध्यमको ३ हजार ५८० रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको थियो ।

प्रकाशित मिति : २०८२ साउन २९ गते बिहीबार