सुदूरपश्चिममा अविरल वर्षाका कारण महाकाली नदीमा पानीको प्रवाह बढेको छ । पानीको प्रवाह बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
बिहीबार बिहान ११ बजेसम्म्ममा पानीको प्रवाह १ लाख २६ हजार ७१२ क्यूसेक मापन भएको छ । जिल्ला प्रहरीका प्रवक्ता सागर बोहराले वर्षा भइरहेकाले पानीको प्रवाह अझै बढ्न सक्ने बताए ।
उनका अनुसार नेपाल भारत सीमामा रहेको बनबासा पुलमा चार पाङ्ग्रे सवारी साधन आवतजावतमा रोक लगाइएको हो । बनबासा पुलमा रहेको बाढी मापन केन्द्रमा पानीको बहाब एक लाखभन्दा बढी भएमा सुरक्षाका दृष्टिकोणले खतरा मानिन्छ । दुई पाङ्ग्रे सवारी साधन र मानिस आवतजावत चालु रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८२ साउन २९ गते बिहीबार
