२०८३ मंसिर ११ , शुक्रबार 27, November 2026, Friday

वर्षातमा पनि निमोनियाको जोखिम, बच्ने कसरी ?

वर्षायाममा वायुमण्डलमा रहेको आद्र्रता र चारैतिर फैलिएको फोहोरका कारण भाइरस र ब्याक्टेरिया तीव्र गतिमा बढ्छन् । यही कारणले गर्दा यस मौसममा धेरै प्रकारका संक्रामक रोगहरूको जोखिम बढ्छ ।

यीमध्ये एक निमोनिया हो, जुन फोक्सोमा हुने गम्भीर संक्रमण हो । यो कुनै पनि उमेरका व्यक्तिलाई हुन सक्छ । तर, बालबालिका, वृद्धवृद्धा र कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरू बढी जोखिममा हुन्छन् । समयमै उपचार नगरेमा यो रोग घातक पनि साबित हुन सक्छ ।

इन्डियन जर्नल अफ चेस्ट डिजिजेज एन्ड अलाइड साइन्सेसमा प्रकाशित एक अध्ययन अनुसार मनसुनमा निमोनियाका घटनाहरू बढ्छन् । यसको मुख्य कारण वर्षामा भिज्नु र लामो समयसम्म भिजेको लुगामा बस्नु हो । यद्यपि, केही आवश्यक सावधानी अपनाएर यो गम्भीर रोगको जोखिमबाट बच्न सकिन्छ ।

यी लक्षणलाई नगरौं इग्नोर

  • लगातार खोकी लागिरहनु
  • चर्को ज्वरो आउनु र चिसो लाग्नु
  • श्वासप्रश्वास छिटोछिटो हुनु
  • छातीमा चर्को दुखाइ हुनु
  • थकान महशुस हुनु र भोक नलाग्नु
  • बालबालिकाले वान्ता गर्नु
  • बयस्कमा द्विविधाजस्तो महशुस हुनु

निमोनियाबाट बच्ने ११ टिप्स

  • खाना खानुअघि र वासरुमबाट आएपछि साबुन–पानीले हात धोऊँ
  • खोक्दा या हाछ्यूँ गर्दा नाक र मुखलाई रुमाल र टिस्युले ढाकौं
  • तौलिया, रुमालजस्ता व्यक्तिगत सामान अरूसँग सेयर नगरौं
  • वर्षातमा भिज्नबाट बचौं । यदि भिजियो भने तत्काल कपडा बदलौं
  • घरभित्र चिस्यान बढ्न नदिऊँ । भेन्टिलेसनको व्यवस्थापन गरौं
  • डाइटमा हरिया सागपात, फल र अन्न सहभागी गराऊँ
  • दिनभर कम्तिमा ७–८ गिलास पानी पिऊँ
  • सर्दी र खोकी लागेका संक्रमित मानिसबाट पर्याप्त दूरी बनाऊँ
  • वर्षायाममा एयर कन्डिसनरको प्रयोगबाट सकेसम्म बचौं
  • धुम्रपान र मध्यपानबाट टाढा बसौं
  • कुनै पनि लक्षण देखिनासाथ तत्काल चिकित्सकको परामर्श लिऊँ
स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८२ साउन २६ गते सोमबार