२०८३ असार १५ , सोमबार 29, June 2026, Monday

तोलामा ३४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन १८ गते आइतबार

नेपाली बजारमा आइतबार (साउन १८) सुनको मूल्यमा भारी वृद्धि भएको छ । सुनको मूल्य एकैदिन तोलामा ३४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९६ हजार ५०० रुपैयाँ कायम छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ९३ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला दुई हजार २५० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला दुई हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८२ साउन १८ गते आइतबार