२०८३ वैशाख १७ , बिहीबार 30, April 2026, Thursday

‘यसपालीको तीजमा स्याउ केरा टन्नै खाने हो’ (भिडियोसहित)

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन ३ गते शनिबार

गायिका सुनिता खपाङ्गी मगर लगायतका टिमले यसपालीको तीजलाई लक्षित गर्दै नयाँ गीत ल्याएका छन् । हिन्दू धार्मालम्बी नारीहरुको विशेष पर्व हरितालिका तीज आउन अझै एक महिनाभन्दा बढी समय छ ।

यसैबेला सुनिता लगायतको स्वरमा ‘यसपालीको तीजमा स्याउ केरा टन्नै खाने हो’ बोलको तीज सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा सुनिता खपाङ्गी मगर, निशा बिसी र नानु बुर्जा मगरको स्वर रहेको छ ।

निशा बिसीकै शब्द तथा संगीत रहेको यस तीज गीतको भिडियोमा सञ्जिव ठकुरी, सुनिता वाइबा र स्नेहा तामाङको अभिनय रहेको छ । सञ्जिव ठकुरीको निर्देशन तथा कोरियोग्राफी रहेको यस भिडियोलाई गायिका निशा बिसीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २०८२ साउन ३ गते शनिबार