तनहुँको व्यास नगरपालिका–५ रानीटारीबाट म्याग्दे गाउँपालिका–४ घुम्ती जोड्ने नौ किलोमिटर सडक कालोपत्रे गरिएको छ । कच्ची यो सडकलाई कालोपत्र गरी स्तरोन्नति गरिएको हो । यो सडकलाई पृथ्वी राजमार्गको वैकल्पिक मार्ग बनाउने लक्ष्य छ ।
पूर्वाधार विकास कार्यालयका प्रमुख रविन्द्र तिवारीका अनुसार सम्पन्न गर्ने समयभन्दा एक वर्षअघि नै सडक कालोपत्रे भएको छ । कार्यालयले रु ३६ करोड ६२ लाख ९१ हजारमा सडक स्तरोन्नतिको सम्झौता गरेको थियो ।
रानीटारीबाट घुम्तीसम्मको दूरी ९.२ किलोमिटर छ । त्यसमध्ये ७.३ किलोमिटर अल्स्फाट प्रविधिबाट कालोपत्रे गरिएको छ भने १.९ किलोमिटर ढलान गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख तिवारीले जानकारी दिएका छन् ।
प्रकाशित मिति : २०८२ असार ३२ गते बुधबार
