नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोल पाँच रुपैँयाले घटेको हो भने डिजेल एक रुपैयाँ ३० पैसाले घटेको हो ।
बुधबारदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको निगमले जनाएको छ । इण्डियन आयल कर्पोरेशनबाट मंगलबार मूल्य घटेर आएपछि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमको भनाइ छ ।

प्रकाशित मिति : २०८२ असार ३२ गते बुधबार
सत्यपाटी