२०८३ जेठ १२ , मंगलबार 26, May 2026, Tuesday

मोबाइल फोन चार्जरमै ३० करोड २९ लाख रुपैयाँ बाहिरियो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ असार ९ गते सोमबार

११ महिनामा नेपालमा ३० करोड २९ लाख रुपैयाँको मोबाइल फोन चार्जर आयात भएको छ । गत साउनदेखि जेठसम्मको अवधिमा चार्जर किन्न उक्त रकम विदेशिएको हो । यो ११ महिनामा ३९ लाख ४२ हजार ८६६ थान मोबाइल फोन चार्जर आयात गरिएको छ ।

तीमध्ये सर्वाधिक चार्जर चीनबाट ३५ लाख ७० हजार थान आयात गरिएको छ भने दोस्रोमा भारतबाट ३ लाख ७२ हजार ६९२ थान फोन चार्जर नेपालमा आयात गरिएको छ । ती चार्जर खरिद गर्न २८ करोड १० लाख रुपैयाँ चीन पठाइएको छ भने २ करोड १७ लाख रुपैयाँ भारत विदेशिएको छ ।

यी दुई देशबाट आयात गरिएका फोन चार्जरबाट सरकारले ९ करोड ४३ लाख रुपैयाँ राजस्व उठाएको छ । चीन र भारतका साथै नेपालले अष्ट्रेलिया, क्यानडा, साइप्रस, फ्रान्स, जर्मनी, हङकङ, इजरायल, इटली, जापान, कोरिया, पोल्याण्ड, पोर्चुगल लगायतका देशबाट मोबाइल फोन चार्जर आयात गर्ने गरेको छ । छिमेकी देश चीन र भारत मोबाइल चार्जरका ठूला उत्पादक बन्दा नेपालमा भने यस्ता वस्तु उत्पादनमा बेवास्ता गरिएको छ ।

प्रकाशित मिति : २०८२ असार ९ गते सोमबार