२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

११ महिनामै १६ खर्ब ४४ अर्ब आयात

चालू आर्थिक वर्षको ११ महिनामै नेपालको आयात १६ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८०–०८१ को सोही अवधिमा १४ खर्ब ५३ अर्ब रुपैयाँको आयात भएकोमा यस वर्ष १३.१५ प्रतिशतले बढेको हो ।

भन्सार विभागका अनुसार निर्यात पनि ७७.७७ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा १ खर्ब ३९ अर्ब रुपैयाँ रहेकोमा २ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ । योसँगै नेपालको कुल वैदेशिक व्यापार १८ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २०८२ असार ६ गते शुक्रबार