२०८३ मंसिर ११ , शुक्रबार 27, November 2026, Friday

विनयी खोलाले बस बगायो, सबै यात्रुको सकुशल उद्धार

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाले राति बस बगाएको छ ।

प्रहरीका अनुसार तीन बालबालिकासहित ३८ यात्रु लिएर पूर्वबाट बर्दिया जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस बिहीबार राति करिब ११ बजेतिर बगाएको हो ।

तर बसमा सवार सबै यात्रुको सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डीएसपी मधु नेपालले बताए । बाढीले बगाएको बस करिब एक किलोमिटर तल फेला परेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८२ असार ६ गते शुक्रबार