देशभर डेंगु संक्रमण बढेको छ । नेपालभर १३ सयमा डेंगु संक्रमण पुष्टि भएको छ । डेंगु संक्रमण सबैभन्दा बढी बागमती, कोशी र गण्डकी प्रदेशमा देखिएका छन् । त्यस्तै सबैभन्दा बढी संक्रमित देखिएका जिल्लामा काठमाडौं, कास्की, सुनसरी, झापा, चितवन र पाल्पा जिल्ला रहेका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा कीटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले ७३ जिल्लाका १ हजार ३६० जनामा डेंगु पुष्टि भएको बताएका छन् । डेंगु संक्रमण सबै भन्दा बढी बागमती, कोशी र गण्डकी प्रदेशमा सबैभन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ । तथ्यांक अनुसार बागमतीमा प्रदेशमा ३४८, कोशी प्रदेशमा २८२, गण्डकी प्रदेशमा २३५ जनामा डेंगु पुष्टि भएको छ ।
त्यसैगरी, लुम्बिनी प्रदेशमा २१५, सुदूरपश्चिम प्रदेशमा १७४, कर्णाली प्रदेशमा ३२ र मधेश प्रदेशमा १८ जनामा डेंगु पुष्टि भएको डा.दाहालले जानकारी दिए । जिल्ला अन्तर्गत काठमाडौँमा सबै भन्दा बढी डेंगु पुष्टि भएको छ । काठमाडौंमा १४०, कास्कीमा ९२, सुनसरीमा ८७, झापामा ८०, चितवनमा ६२, पाल्पामा ६० जना, रुपन्देहीमा ५१, कञ्चनपुरमा ३७, दाङमा ३६ र भक्तपुरमा ३० जनामा डेंगु पुष्टि भएको छ ।
