डा.प्रतिक जोशी जो पछिल्ला छ वर्षदेखि एउटा सफ्टवेयर पेशाकर्मीका रूपमा लण्डनमा बसोबास गर्दै आएका थिए । उनले आफ्नी पत्नी र भारतमा रहेका आफ्ना तीन साना छोराछोरीका लागि विदेशमा राम्रो भविष्य बनाउने सपना लामो समयदेखि देखिरहेका थिए ।
वर्षौंको योजना, कागजी प्रक्रिया र धैर्यपछिको त्यो सपना अब पूरा हुँदै थियो । भर्खर दुई दिनअघि मात्र उनकी पत्नी डा.कोमी व्यास, जो एक चिकित्सा पेशाकर्मी थिइन्, उनले भारतमा रहेको आफ्नो जागिर राजीनामा दिएकी थिइन् । झोलाहरू प्याक गरिसकेका थिए, विदाई भइसकेको थियो, भविष्य पर्खिरहेको थियो ।
उनीहरूका बच्चाहरू पाँच वर्षका जुम्ल्याहा छोरा नकुल र प्रद्युत, र आठ वर्षकी छोरी मीराया विदेशमा आफ्नो नयाँ जीवनका लागि उत्साहित थिए । तर, दुर्भाग्यपूर्ण एयर इन्डियाको ड्रिमलाइनरमा खिचिएको, आमाबाबु आफ्ना बच्चाहरूबाट मुस्कुराउँदै खिचेको तस्विर नै परिवारको अन्तिम तस्विर रह्यो ।
बिहीबार २४२ यात्रु लिएर लन्डन उडान भरेको एयर इन्डिया विमान भारतको पश्चिमी सहर अहमदाबादमा दुर्घटनाग्रस्त बन्यो । उडेको केही मिनेटपछि नै विमान अहमदाबादको एउटा आवासीय क्षेत्रमा खस्यो र जोशी परिवारका पाँचै जना सदस्यसहित अधिकांशको ज्यान गयो ।
जोशीका छिमेकी र साथीहरू भन्छन्, यो दम्पतीलाई उनीहरूको व्यावसायिक उपलब्धिहरूका लागि मात्र नभई उनीहरूको न्यानोपन र प्रगतिशील मूल्यमान्यताका लागि पनि प्रशंसा गरिन्थ्यो । ‘आज पूरा सहर शोकमा डुबेको छ,’ उनका एक घनिष्ठ पारिवारिक मित्रले बताए ।
