यस वर्ष मनसुन सामान्यभन्दा चाँडो नेपाल प्रवेश गर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अघिल्ला वर्षहरूमा पूर्वी नेपालतर्फ जेठको अन्त्यतिर मनसुन प्रवेश गर्ने गरेको भए पनि यसपटक त्यो समयभन्दा केही दिन पहिल्यै मनसुन भित्रिने अनुमान गरिएको छ ।
महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार यही जेठ १३ गते भारतको आसाम क्षेत्र, भुटान र बङ्गलादेशको पूर्वी भागमा मनसुन प्रवेश गरिसकेको छ ।
भूउपग्रहबाट प्राप्त बादलको गतिविधि, वायुमण्डलीय अवस्था र मौसम विश्लेषणको आधारमा जेठ १७ भित्र नेपालमा पनि मनसुन सक्रिय हुने सम्भावना रहेको ढकालले जानकारी दिए । यस वर्ष नेपालमा वार्षिक औसतभन्दा बढी वर्षा हुने प्रक्षेपणसमेत गरिएको छ ।
प्रकाशित मिति : २०८२ जेठ १४ गते बुधबार
