२०८३ मंसिर ११ , शुक्रबार 27, November 2026, Friday

साक्षर जिल्ला घोषणा भयो हुम्ला

हुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । शुक्रबार हुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो । यससँगै हुम्ला नेपालको ६७ औं र कर्णाली प्रदेशको ८ औं साक्षर जिल्ला बनेको छ ।

हुम्लामा १५ देखि ६० वर्ष उमेर समूहका नागरिकहरूको साक्षरता दर ९७ दशमलव ४ प्रतिशत मापदण्ड पूरा भएपछि हुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो । त्यस्तै हुम्लामा १५–६० वर्ष उमेर समूहका ३५ हजार ३५४ जनामध्ये ३३ हजार ९५४ जना साक्षर रहेका छन् ।

प्रकाशित मिति : २०८२ जेठ ९ गते शुक्रबार