२०८३ मंसिर ११ , शुक्रबार 27, November 2026, Friday

आज यी स्थानमा हुनेछ चट्याङसहित वर्षा

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश प्रदेशको पश्चिमी क्षेत्र, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली छ ।

बाँकी क्षेत्रमा मौसम मुख्यतया सफादेखि आंशिक बदली छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान र अन्य प्रदेशका एक–दुई ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । शनिबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका थोरै ठाउँ र बाँकी क्षेत्रका एक–दुई ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी र हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्छ । चट्याङसहित वर्षाको सम्भावनाले दैनिक जीवन, कृषि, स्वास्थ्य, सडक र हवाई यातायातमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८२ जेठ ३ गते शनिबार