[KClientError] [REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong. [KClientError] [REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong.
सूचनाको शक्ति - The Power Of Information

        

भोलिसम्म वर्षाको सम्भावना, आज कहाँ-कहाँ हुँदैछ बर्षा ?

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हल्कादेखि मध्यम वर्षाको सम्भावना भोलि मंगलबारसम्म रहेको जनाएको छ  आइतबारदेखि देशव्यापी रूपमा बदलीसहित सुरु भएको हल्का वर्षा आज सोमबार र भोलि मङ्गलबारसम्म जारी रहने भएको हो ।

मौसमविद् गोविन्द झाका अनुसार आइतबारदेखि नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव बढेकोे छ । साथै बङ्गालको खाडीबाट भित्रिइरहेको जलवाष्पयुक्त हावाको पनि प्रभाव छ । यी सबैको संयुक्त प्रभावले वर्षा गराएको हो ।

बागमती प्रदेशका चितवन, काठमाडौं, ललितपुर लगायतका केही जिल्लाहरुमा असिनासमेत परेको छ । आज सोमबार र भोलि मंगलबार पनि कोशी, मधेश र बागमती प्रदेशमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद झाले जानकारी दिए । मङ्गलबार लुम्बिनी प्रदेशमा पनि हल्का वर्षा हुने प्रक्षेपण छ ।

हिमाली भेगमा भने हल्का हिमपातको सम्भावना छ । अत्यधिक गर्मी बढेका बेला आइतबारदेखि सुरु भएको बदली र वर्षाले गर्मीबाट केही राहत पुगेको छ । वर्षा भएका स्थानमा माटोको चिस्यान हल्का बढेकाले किसानलाई राहत मिलेको छ । तर मेघगर्जन र चट्याङ पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदको सुझाव छ ।

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी र लुम्बिनी एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही स्थानमा, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीको सम्भावना छ । यसले कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा सोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

[KClientError] [REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong. [KClientError] [REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong.

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार ०७:०६

लोकप्रिय

[KClientError] [REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong. [KClientError] [REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong. [KClientError] [REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong.[KClientError] [REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong.