२०८३ वैशाख १७ , बिहीबार 30, April 2026, Thursday

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु

सत्यपाटीसत्यपाटी । डोटी । २०८२ वैशाख १० गते बुधबार

भीमदत्त राजमार्ग अन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनीट्रक आज बिहान दुर्घटना हुँदा चालक अर्जुन धामीसहित तीन जनाको मृत्यु भएको हो । मृतक दुई जनाको सनाखत हुन बाँकी छ ।

प्रकाशित मिति : २०८२ वैशाख १० गते बुधबार