राप्रपाका महामन्त्री धवलशमशेर राणा भारत जाने तयारीमा रहेका छन् । मुम्बईमा क्यान्सरको उपचार गराइरहेका राणा केही दिनमै त्यसतर्फ फलोअप उपचारमा जान लागेको नेता जनकराज पाठकले जानकारी दिए ।
उनको केही महिनाअघि गिजाको क्यान्सरको उपचार भएको थियो भने त्यसको फलोअप निरन्तर गराइरहेका छन् । उनको फलोअपका लागि डाक्टरहरुले वैशाख १५ गतेको समय दिएको बताइएको छ ।
क्यान्सरको उपचारकै लागि भनेर प्रहरीले उनलाई गएराति रिहा गरेको थियो । उनलाई तीनकुने घटनामा संलग्न रहेको भनेर गत चैत १५ गते पक्राउ गरेर प्रहरीले हिरासतमा राखेका थियो ।
चैत १५ गते नै राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक बनेसँगै हिंसा भड्काउन भूमिका खेलेको आरोपमा उनलाई पक्राउ गरेको हो । उनको बयान सकिइसकेको छ भने आवश्यक परेको बेला उपस्थित गराउने गरी परिवारलाई जिम्मा जमानीमा रिहा गरिएको प्रहरीको भनाइ छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं