कालिकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका–२ मा गएराति ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी टेकबहादुर रावतले दिएको जानकारी अनुसार दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्न बाँकी छ ।
उनले भने, ‘प्रहरीलाई राति १२ बजे दुर्घटनाको जानकारी आएको हो । ट्याक्टर नम्बर र मृतकहरुको पहिचान खुलेको छैन । प्रहरी टोली घटनास्थलतर्फ पुग्दैछ ।’
सत्यपाटी संवाददाता । कालिकोट