तपाईं हामी धेरैले एसईई, उच्च माध्यमिक शिक्षा परिषद् त्रिभुवन विश्वविद्यालयका कतिपय परीक्षामा चिटिङ हुने गरेको सुन्दै आएका छौँ । खासगरी तराई–मधेशका जिल्लामा चिटिङको अवस्था भयानक छ । प्रहरीसँगै झगडा गर्दै झ्याल–झ्यालमा चिट ओसार्नेको जुलुस नै देखिन्छ ।
यो त विद्यालय र विश्वविद्यालयको कुरा भयो । तर कानुन कार्यान्वयन गर्ने जिम्मेवारी पाएको प्रहरीकै परीक्षा पनि अर्कै व्यक्तिले दिने आँट गरेको सुन्दा अनौठो लाग्न सक्छ । यस्तै आँट शनिबार लिइएको प्रहरी जवान परीक्षामा भएको छ । प्रहरी जवानको सहभागी ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
प्रहरीले काठमाडौंको एकै सेन्टरबाट ६ जनालाई पक्राउ गरेको छ । काठमाडौंको मध्यबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालय सेन्टरबाट अर्कैको नामबाट परीक्षा दिने ६ जना पक्राउ परेका हुन् । प्रहरीले पोखराबाट पनि अर्का एकजना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । प्रहरी जवानको लिखित परीक्षा अर्कै नाममा जाँच दिन खटिएका सातजना हिरासतमा पुगेका हु्न् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी अपीलराज बोहोराका अनुसार रत्नराज्यबाट दोलखाको जिरी नगरपालिका– ९ घर भई बालाजु बस्ने २३वर्षीय मोहन सुनुवार, कालिकोटको शुभकालिका गाउँपालिका– ७ घर भई लैनचौर बस्ने २४ वर्षका गोपाल शाही र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ घर भई हाल माछापोखरी बस्ने २२ वर्षीय मनोज शर्मा छन् ।
त्यसैगरि रत्नराज्यबाटै दैलेखको भैरवी गाउँपालिका– ५ घर भई नयाँबानेश्वर बस्मे २२ वर्षीय आकाश खड्का, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ घर भई माछापोखरी बस्ने २० वर्षीय उमेश शर्मा र जुम्लाको तिला गाउँपालिका– २ घर भई बालाजु बस्ने २२ वर्षीय मीन रावल छन् ।
उता शनिबार नै पोखरा महानगरपालिका–७, पार्दीस्थित लोकसेवा आयोग परीक्षा भवनमा सञ्चालित परीक्षामा अर्काको नाममा जाँच दिइरहेकी एकजना पक्राउ परेकी छन् । दर्ता नं. ३३५९२ की परीक्षार्थी आरतीकुमारी मण्डलको नाममा अर्की व्यक्तिले परीक्षा दिइरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय, बैदामबाट खटिएको प्रहरी टोलीले ज्ञानुता विश्वकर्मालाई पक्राउ गरेर हिरासतमा लिएको हो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं