२०८२ वैशाख ७ गते आइतवार, २० अप्रिल २०२५ । वैशाख कृष्णपक्ष सप्तमी तिथि, १४ः२९ बजेदेखि अष्टमी । पूर्वाषाढा नक्षत्र, ७ः५६ बजेपछि उत्तराषाढा । चन्द्रराशि धनु, १४ः०५ बजेपछि मकर ।
बिहानभरि पहिलेका समस्या सुल्झाउन अलमलिनुपर्ला । अभाव टार्दैमा समय बित्नेछ । तापनि सामाजिक कामले अवसर दिलाउन सक्छ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामा प्रवृत्त गराउनेछ । दिउँसोतिर कामको यश लिने सौभाग्य प्राप्त हुनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मनिश्चय गर्ने समय छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सफलता मिल्नेछ ।
स्वास्थ्य कमजोर रहनाले काम पूरा गर्न समय लाग्नेछ । जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । स्वास्थ्यका लागि आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला । दिउँसोदेखि स्थितिमा सुधार आउनेछ । चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन् । मिहिनेत परे पनि भाग्यले सफलताको उचाइमा पुर्याउनेछ ।
रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ । आतिथ्यपूर्ण सत्कार पनि पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । धनलाभ हुनेछ र विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ । दिउँसोतिर स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । अर्थहानि हुन सक्छ । स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला ।
रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ । द्वेष वा ईष्र्या गर्नेहरूले हार खानेछन् । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ । आँट गर्दा ठूलै काम सम्पादन हुनेछन् । दिउँसोतिरको परिवेश उल्लासमय रहनेछ । तर मनोरञ्जन खर्चिलो हुनेछ । आफन्तसँग सुमधुर सम्बन्ध कायम राख्न व्यवहारमा सजग रहनुहोला ।
सुखद समाचारले उत्साह जगाउनेछ । अध्ययनमा प्रगति हुनेछ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ । दिउँसोदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ । आम्दानीका स्रोत पनि बढ्नेछन् । प्रतिस्पर्धामा विजयी भइनेछ । मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका पनि दिलाउन सक्छ ।
हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ । तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ । बेसुरमा बोल्ने बानीले पनि दुःख पाइनेछ । अरूलाई दिएको वचन पूरा गर्न नसकिए पनि शुभचिन्तकहरूले साथ दिनेछन् । दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । पहिलेको दुविधाले निर्णायक मोड लिनेछ । आम्दानीका स्रोत बढ्नेछन् ।
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । दिउँसोदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला । बेसुरमा काम गर्ने बानीले मिहिनेत खेर जान सक्छ । प्रक्रिया नमिल्नाले पनि काम दोहोर्याउनुपर्ला ।
परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ । विविन्न भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ । दिगो काम प्रारम्भ हुनाले आम्दानीका स्रोत बढ्नेछन् । अध्ययनमा प्रगति हुनुका साथै अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ । विभिन्न स्रोत–साधन प्राप्त हुनेछन् र दिउँसोतिर कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । नगद जुट्नाले दैनिकीमा परिवर्तन आउनेछ ।
इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ । समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । सानो प्रयत्नले दिगो काम प्रारम्भ गर्न सकिनेछ । बोलीका भरमा काम सम्पादन हुनेछ ।
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अरूको विश्वासमा पर्दा धोका हुन सक्छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ । दिउँसोदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ । तारिफयोग्य कामले प्रशंसक बढ्नेछन् । ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ ।
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । तर खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ । सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ । दिउँसोदेखि आर्थिक समस्याले अलि दुःख पाइनेछ । बसाइको स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना देखिन्छ ।
कीर्तिमानी कामको यश लिँदै लोकप्रियता हासिल गर्न सकिनेछ । आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ । शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ । कर्मयोगले आम्दानी समेत बढाउनेछ । मेहनतले आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । पुरानो समस्या सुल्झानाले विविन्न अवसर प्राप्त हुनेछन् । उपलब्धिले जीवनशैलीमा परिवर्तन आउनेछ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं