जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले शैक्षिक सत्र २०८२ का सबै जिल्लामा पाठ्यपुस्तक पठाएको छ । दुर्गम र हिमालीसहित सबै जिल्लाहरूमा पाठ्यपुस्तक पठाइसकेको हो । मुगु जिल्लाका दुई वटा स्थानीय तहबाहेक अन्य सबै स्थानीय तहका बिक्री केन्द्रहरूसम्म पाठ्यपुस्तक पुगिसकेको केन्द्रले जनाएको छ ।
केन्द्रले कूल १ करोड ७० लाख ५० हजार ९०० थान पाठ्यपुस्तक छापेको थियो । चैत्र २९ गतेसम्ममा विभिन्न ९ ओटा प्रादेशिक केन्द्रहरूबाट ७५ लाख ९४ हजार ७५ थान पाठ्यपुस्तक विक्री भएको र आवश्यकता अनुसार पाठ्यपुस्तक मौज्दात रहेको जनाएको छ ।
कुनै बिक्री केन्द्रमा पाठ्यपुस्तक नपुगेको भएमा केन्द्रका तपसिल बमोजिमका वितरण केन्द्रहरू वा सम्बन्धित स्थानीय तहको शिक्षा शाखा वा सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईमा सम्पर्क गर्न अनुरोध गरेको छ । देशभर रहेका सूचीकृत बिक्रेताहरूले नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै छिटोछरितो पाठ्यपुस्तक उठाएर हरेक विद्यालयमा पुग्ने वातावरण बनाउन समेत केन्द्रले अनुरोध गरेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं