सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

मेरो हिजो र आज…

याद नै नगर्नु भन्ने आफ्नै उर्दी पश्चात हर प्रहरको हर यादमा फेरि तिमी मात्र तिमी किन छाउछौं ?

हिजो…

रात्री विश्रामको संसर्गमा लिप्त बन्द नेत्र तिम्रो दिब्य मुहारको स्मरण पश्चात खुल्ने गर्दथे,
प्रथम प्रहरको प्रथम यादले तिम्रो सौम्य मुस्कानलाई समिपै महसुस गर्ने गर्दथे,
दैनिकीको शुरूवातको हर प्रार्थनामा तिमीलाई नै सामेल गराउने गर्दथे,
हरदिन भेट असम्भब थियो तथापी दर्शन मात्र भए पनि पाउन कोशिस गर्दथे,

तिमी मिसिएका यादहरू मेरो ओठमा मुस्कान ल्याउन प्रर्याप्त भएका थिए,
तिमीसँग गरिने सम्वादहरू मेरा शब्दमा उर्जा थप्न उल्लेख्य बनेका थिए,
तिम्रो साथमा साटिएका पलहरू मेरो निम्ती दोस्रो जीवनदायिनी शक्ति कहलिएका थिए,
तिमीले अबलम्वन गर्ने सुनियोजित संयमताहरू मेरा लागि आत्मसम्मानका शिरा मानिएका थिए,

आक्कल झुक्कल गरिने वार्तालापहरूले पर्खाईका क्षणहरूलाई तरंगित तुल्याउँदथे,
संयोगवश जुर्ने छोटा भेटहरूले दिनचर्यामा जीवन्तता प्रदान गर्दथे,
सामन्जस्यतामा साटिएका साथहरूले जीवनको वास्तविकतालाई दर्शाउँदथे,
महसुस गरिने आत्मीयता मात्रले पनि अंगअंगमा अलग्गै उर्जा थप्ने गर्दथे,

फेरि किन आज…

परिवर्तित आफ्नै मनस्थितीको लान्छना मात्र मलाई किन लाउँछौं ?
आफूबाट बेपरवाह मेरा ब्यवहारहरूमा झन् पछि झन् तिमी यसरी किन धाउँछौं ?
तिम्रा लागि बहाना नबनाउने मेरा सोंचहरूमा अब तिमी फेरि किन उर्लिदै आउँछौं ?
याद नै नगर्नु भन्ने आफ्नै उर्दी पश्चात हर प्रहरको हर यादमा फेरि तिमी मात्र तिमी किन छाउछौं ?

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार १६:५२

लोकप्रिय