बाँके जिल्लाका विभिन्न सामुदायिक तथा चक्ला वनमा विशेष गरी सालका रुख जोगाउन वन संवर्द्धन प्रणाली लागु गरिएको छ । सालका रुख घट्दै गएका र कुकाठका रुखले वन भरिएपछि डिभिजन वन कार्यालयले जिल्लाका २४ सामुदायिक वन र एउटा चक्ला वनमा साल, अस्ना लगायत प्रजातिका रुख संरक्षण गर्न वन संवर्द्धन प्रणाली सुरु गरेको हो ।
शमशेरगन्ज माथेबास चक्ला वनको दुई हजार ५७८ हेक्टर र त्रिशक्ति सामुदायिक वनसहित २४ वटा सामुदायिक वनका पाँच हजार ८२५ हेक्टर क्षेत्रफलमा वन संवर्द्धन प्रणाली लागु गरेर सालका रुखका साथै अन्य रुख बढाउने काम भइरहेको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी टङ्कबहादुर गुरुङले बताए । कार्यालयले दुई हजार २०० हेक्टर नयाँ चक्ला वन विस्तार गर्ने कार्ययोजना बनाएको बताए ।
उनका अनुसार वन संवर्द्धन प्रणाली लागु गरेपछि सालका रुखको संरक्षण हुन थालेको छ । सूचना अधिकारी गुरुङले सामुदायिक वनका उपभोक्ताले सो प्रणालीबाट प्रशस्त मात्रामा लाभ लिएको उल्लेख गर्दै काठ र दाउरा पनि प्रशस्त उपभोग गरेको बताए । यस प्रणालीबाट कतिपय ठुला सामुदायिक वनले त वर्षमा एक करोड रुपैयाँको हाराहारीमा आम्दानी गरिरहेको पनि उनको भनाइ छ ।
सो प्रणालीबाट पिपल, वर, बेल र चराका वासस्थान (गुँड) हुने प्रजातिका रुखको समेत संरक्षण गरिएको जानकारी दिँदै ८० प्रतिशत सालका रुख र २० प्रतिशत अन्य रुखको संरक्षणमा जोड दिइएको डिभिजन वन कार्यालयले जनाएको छ । दुई वर्षअघिबाट मात्र बाँकेमा वन संवर्धन प्रणाली सुरु भएको थियो ।
डिभिजन वन कार्यालयका अनुसार जिल्लामा ११९ वटा सामुदायिक, चार धार्मिक, १०४ निजी र एउटा चक्ला वन रहेका छन् । बाँकेमा रहेको माथेबास शमशेरगन्ज चक्ला वन देशकै सबैभन्दा ठुलो चक्ला वन रहेको र सो वनका कारण वन संरक्षण तथा राजस्व सङ्कलनमा उल्लेख्य कार्य भइरहेकाले चक्ला वनलाई देशभरि विस्तार गर्ने योजना अगाडि बढेको पनि डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके