राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा)का अनुभवी अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरले २८६ दिनको लामो अन्तरिक्ष यात्रा पूरा गरी बुधबार पृथ्वीमा फर्किएका छन् । उनीहरू स्पेसएक्स को क्रू–९ ड्र्यागन अन्तरिक्ष यानमा फ्लोरिडाको मेक्सिको खाडीमा अवतरण गरे ।
यो मिशनमा नासाका निक हेग र रोस्कोस्मसका एलेक्सान्डर गोर्बुनोभ पनि सहभागी थिए । सुनिताको यो यात्राले उनको कुल अन्तरिक्ष समय ६०८ दिन नाघेको छ । सुनिता र बुच जुन ५, २०२४ मा बोइङ स्टारलाइनरमा आठ दिनको परीक्षण मिशनका लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) गएका थिए ।
तर, स्टारलाइनर मा थ्रस्टर खराबी र हेलियम चुहावटका कारण उनीहरूको फिर्ती सम्भव भएन । नासा ले सेप्टेम्बर २०२४ मा स्टारलाइनरलाई चालक दलबिना फर्काएको थियो । स्पेसएक्स को ड्र्यागन मार्च १८ मा आइएसएसबाट छुटेर १७ घण्टाको यात्रापछि फ्लोरिडामा अवतरण गरेको गर्यो । सुनिता बाहिर निस्किँदा हात हल्लाउँदै, मुस्कुराउँदै गरेको देखिइन् । उनलाई स्वास्थ्य जाँच र पुनर्वासका लागि ह्युस्टन लगिएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं