काठमाडौंको टोखास्थित झोरबाट करिब २५ करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले आज पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक गरेको हो ।
हिजो राति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झोरबाट ना ७ ख १६५२ नम्बरको ट्रकबाट २५ करोडबराबर नगद रकमसहित एक जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का कुशाङ लामा रहेका छन् ।
उनी पहिले पनि सुन तस्करीको मुद्दामा पाँच वर्ष जेल बसेका प्रहरीले जनाएको छ । उनले त्यतिबेला पाँच वर्ष कैद भुक्तान गरेर छुटेका थिए । उनलाई महाशाखाले नै पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनले केरूङबाट दुई जनाले उक्त परिमाणको रकम केरूङसम्म ल्याउन भनेको बयान दिएका छन् ।
उक्त सूचना पाएपछि प्रहरीले अपरेसन सुरू गरेको थियो । झोरमा गाडी चेक गर्दा ठूलो परिमाणमा प्रहरीले रकम बरामद गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए । उनीबाट प्रहरीले युरो र अमेरिकी डलर बरामद गरेको हो ।
गाडीको क्याबिनमा फल्स बटम बनाएर लामाले त्यसमा पैसा लुकाएर लैजाँदै गरेका थिए । ट्रकको पछाडि भने खाली नै थियो । प्रहरीले थप अनुसन्धानका लागि उनलाई राजस्व अनुसन्धान विभाग पठाइने जनाएको छ । लामा भरियाको रूपमा चालक भएर काम गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
अमेरिकी डलर ३ हजार ११९.५० दरको १७९, ८ लाख यूरो ५८ हजार ८५० रूपैयाँ बढी रहेको छ । अनुसन्धान अधिकृतहरुका अनुसार लामा राजश्व छलि तथा सुन चोरी पैठारी अभियोगमा पक्राउ परेका हुन् । उनी भरियाको रुपमा मात्रै रहेको अनुसन्धानबाट खुलेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं