नेपालगन्जको सुर्खेत रोडदेखि सदरलाइन जोड्ने सडक करिब ५०० मिटर लामो छ । यसको स्तरोन्नती सुरु भएको करिब ६ बर्ष बिते पनि अहिलेसम्म निर्माणको काम पूरा हुन सकेको छैन । नेपालगन्ज उपमहानगरपालिका सबइन्जिनियर पवन बुढाले पछिल्लो पटक निर्माण कम्पनीलाई गत असारमा काम सक्नेगरी ठेक्का सम्झौता भएको जानकारी दिए ।
उनले भने, ‘पटक–पटक पत्राचार, कारबाही र कालोसूचीमा राख्ने चेतावनीपछि फेरि काम अघि बढेको छ ।’ निर्माण कम्पनीले दुई दिनमा काम सक्ने प्रतिबद्धता जनाएको भन्दै उनले काम पूरा नभए कालोसूचीमा राख्ने बताए । उपमहानगरपालिकाले हाल जरिवाना तिराएर काम अघि बढाउन सहमति दिएको हो ।
निर्माण कम्पनीले पटक–पटक सडक निर्माणका लागि बाटो बन्द गराएर सडकमा अलकत्रा हाले पनि अलपत्र छोड्ने गरेको छ । पछिल्लो समय एक हप्ताअघि सडकमा आवागमन अबरुद्ध गराएर अलकत्रा हाले पनि थप निर्माण कार्य अघि नबढेको स्थानीय भोला रानाले बताए । बिगतमा सडक पराकिलो बनाउँदा केही घरधनीले घर भत्काउन ढिलाइ गरेका कारण सडक निर्माणमा बिलम्ब भएपछि गतवर्ष फेरि असफाल्ट कालोपत्रे गर्ने गरी नयाँ ठेक्का स्वीकृत गरी काम सुरु गरिएको थियो ।
६ वर्षअघि सडक निर्माण सुरु भए पनि विवादका कारण एसियाली विकास बैँकको परियोजनाले हात झिकेपछी सडक निर्माणको काम अलपत्र परेको थियो । गत माघमा नगरस्तरीय ७५ लाख बजेटमा अस्फाल्ट कालोपत्रेको काम असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी पिके कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो । तर दोस्रो पटक पनि सम्झौता अनुसार काम अघि नबढेपछि स्थानीयबासी आक्रोशित भएका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके