संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ लेबननमा रहेका नेपाली सैनिकको डफ्फा परिवर्तन गरिएको छ । लेबननमा तैनाथ ६५औं डफ्फाको टोलीलाई परिवर्तन गरिएको हो ।
लेबननमा प्रमुख सेनानी सुमन सिलवालको नेतृत्वमा ६६औं डफ्फाको १९३ जना टोली पठाइएको छ । प्रमुख सेनानी अर्जुन विक्रम थापाको नेतृत्वमा सोही मिसनबाट ६५औँ डफ्फाको १९३ टोली सोमबार स्वदेश फिर्ता भएको छ ।
उक्त मिसनमा नेपाली सेनाबाट डेपुटी फोर्स कमान्डर, सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र एकवटा गण गरी कुल ८७६ जना शान्ति सैनिकहरू कार्यरत छन् ।
प्रकाशित मिति : २०८१ चैत ४ गते सोमबार
सत्यपाटी