सरकारले आज नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) नियुक्ति गर्दैछ । त्यसका लागि आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाइएको छ । उक्त बैठकले नेपाल प्रहरीमा आज राति १२ बजेबाट रिक्त हुने र भोलि बहाली हुने गरी ३१औँ आइजी नियुक्त गर्ने तयारी रहेको छ ।
तर, सरकारले नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) चयन नगर्दै बहालवाला आइजीपीसहितका उच्च अधिकृत आज बिदा हुँदैछन् । नेपाल प्रहरी प्रधान कार्यालयले त्यही समयमा आइजी वसन्तबहादुर कुँवरसहितका उच्च अधिकृतको बिदाई कार्यक्रम तय गरेको केन्द्रीय प्रहरी प्रवक्ता दिनेश आचार्यले बताए ।
उनीहरू प्रहरी सेवा नियमावली अनुसार ३० वर्षे सेवा अवधि पूरा गरी अवकाश हुन लागेका हुन् । मन्त्रिपरिषद्ले नयाँ आइजी नियुक्त गरे पनि दज्र्यानी चिह्न (फुली) लगाएपछि मात्रै पदभार सम्हाल्ने प्रचलन छ । बिदा हुने आइजीले जनपद प्रहरी समूहतर्फका वरिष्ठतम एआइजीलाई आफ्नो कार्यभार बुझाउने प्रचलन छ ।
वर्तमान आइजी कुँवर र उनका व्याचीको बिदाइपछि एआइजी दीपक थापा वरिष्ठतम एआइजी रहन्छन् । नयाँ आईजीको प्रतिस्पर्धामा दीपक थापा, टेकबहादुर तामाङ र सुदीप गिरी छन् । उनीहरु तीनैजना २०५२ भदौ १९ गते प्रहरी निरीक्षकमा नियुक्त भएका हुन् । सम्भवतः मन्त्रिपरिषदको बैठकले थापालाई भावी आईजी नियुक्त गर्नेछ ।
एआइजीहरु टेकप्रसाद राई, बुद्धिबहादुर गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई पनि आजै बिदाइ हुँदैछन् । डीआईजीहरुमा गण्डकी प्रहरी प्रमुख ध्रुवबहादुर रावल, सुदूरपश्चिम प्रहरी प्रमुख गणेश चन्द, उपत्यका प्रहरीका ट्वाइसी ध्रुव राउत पनि आजै बिदा हुँदैछन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं