प्रतिनिधिसभामा बाजुरामा मृत आत्माले शान्ति पाउने मान्यताका कारण जिउँदो गाईलाई कुटीकुटी खोलामा बगाएको घटनाबारे कुरा उठेको छ । कांग्रेस सांसद सीताकुमारी रानाले जिउँदो गाई खोलामा बगाउनेलाई कडा कारबाहीको माग गरेकी छन् ।
‘गाईलाई खोलामा बगाएर मारेपछि मृत आत्माले शान्ति पाउँछ भन्ने मान्यता सम्बन्धी निकृष्ट कार्य रोक्न माग गर्दछु,’ सांसद रानाले भनिन् । बाजुरा जगनाथ गाउँपालिकामा ‘गौदान गरेको दृश्य’ भनेर सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरिएको थियो ।
त्यो भिडियोमा एउटा कालो रङको गाईलाई कुटीकुटी नदीमा लखेटिएको देखिन्छ । बाजुरा जिल्ला जगनाथ गाउँपालिका वडा नम्बर ६ काप्रेमा यस्तो घटना घटाइएको हो । भिडियोमा देखिएका व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं