२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

आफूलाई हेपेको भन्दै श्रीमतीको हत्या

सत्यपाटीसत्यपाटी । रोल्पा । २०८१ फागुन १४ गते बुधबार

रोल्पामा आफूलाई हेपेको भन्दै एकजनाले श्रीमतीको हत्या गरेका छन् । त्रिवेणी गाउँपालिका ६ थुम्काटोलका ४० वर्षीय खिमबहादुर बुढा मगरले दुई छोरा र एक छोरीको आमा रहेकी ३२ वर्षीय श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको हो । मलेसियाबाट हालैमात्र फर्किउका खिमबहादुरले मंगलवार बिहान घरमै तरकारी बनाउँदै गरेकी श्रीमती अस्मिता बुढालाई खुकुरी प्रहार गरेर हत्या गरेका हुन् ।

श्रीमतीको हत्या गरेपछि हातमा हतियार लिएर घुमिरहेको अवस्था प्रहरीलाइ उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार खिमबहादुरले बिहानै मदिरा सेवन गरेरे आफूलाई श्रीमतीले पटक–पटक हेपेको र भनेको नमानेका कारण आवेश आएर हत्या गरेको प्रहरी र स्थानीयलाई बताएका छन् । स्थानीयका अनुसार खिमबहादुर विदेश गएर फर्केपछि गाउँमै खेती किसानी गरेर बसेका थिए । उनलाई मानसिक समस्या पनि केही हुनसक्ने भण्डारीको अनुमान छ ।

घटनाको अनुसन्धान गरिरहेका इलाका प्रहरी कार्यालय होलेरीका प्रमुख सरोज प्रजापतिले श्रीमतीले हेपेको आवेशमा आएर हत्या गरेको अहिलेसम्म खुलेको बताए । उनले भने, ‘दुई छोरा र छोरीको श्रीमानले गरेको यस्तो घटनाले परिवार र गाउँमा त्रास देखिएको छ, अझै अनुसन्धान त गरिरहेका छौं, उनी उतिबेलै हाम्रो निमन्त्रणमा आएका हुन् तर उनले स्वीकारेको अनुसार मदिरा सेवनपछि आवेशमा आएको नै भन्नेछ ।’

घटनाको अनुसन्धान गर्न नेर्पास्थित प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक दिवस हिताङको नेतृत्वमा ४ जना र इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी निरीक्षक सरोज प्रजापतिको नेतृत्वमा थप ६ जना गरी १० जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । थुम्का स्थानीय काउलाबोट गाउँदेखि नजिकै पर्छ । खिमबहादुरको परिवार केही वर्षअघि माडी र सुकीदह–गंगादेवको सिमानामा पर्ने ओतगाउँबाट बसाइँसराइ गरेर त्यहाँ आएको स्थानीयले जनाएका छन् ।

प्रकाशित मिति : २०८१ फागुन १४ गते बुधबार