सूचनाको शक्ति - The Power Of Information

        

प्युठानमा वृद्ध दम्पतीको हत्या, घरभित्रै भेटिए शव

प्युठानको माण्डवी गाउँपालिका–२, रातापानीमा आफ्नै घरभित्र एक वृद्ध दम्पतीको हत्या भएको छ । अन्दाजी वर्ष ६० का रामबहादुर परियार र उनकी श्रीमती ५६ वर्षीया हुकुमा परियारको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, प्युठानका डीएसपी दीपेश बस्यालका अनुसार शनिबार उनीहरू ढिलोसम्म नउठेपछि छिमेकीले टेलिफोनमार्फत जिल्ला प्रहरी कार्यालय, प्युठानलाई जानकारी गराएका थिए । त्यसपछि घटनाबारे नजिकको प्रहरी चौकी तिरामबाट प्रहरी टोली गएको थियो ।

घटना शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालयबाट डीएसपी बस्यालको नेतृत्वमा अनुसन्धान टोली घटनास्थल पुगेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा दम्पतीको टाउकोमा गम्भीर चोट रहेको र उनीहरूको बीभत्स तरिकाले हत्या गरेको देखिएको छ । घटनाबारे अनुसन्धान अगाडि बढाएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतवार ०६:५०

लोकप्रिय