सूचनाको शक्ति - The Power Of Information

        

आजको मौसम : हिमालमा हिमपात, तराईमा सफा

देशका केही भूभागका आज वर्षाको सम्भावना छ । पश्चिमी वायुको सामान्य प्रभाव रहँदा केही क्षेत्रमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान देशका पहाडी भूभागमा आंशिक बदली हुनेछ भने पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।

तराईमा मौसम सफा रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । तराईका थोरै स्थानमा हल्का हुस्सु र कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायुको सामान्य प्रभावका कारण आज हिमाली भेगमा हल्का हिमपात, पहाडमा बदली र तराईमा मौसम सफा रहने पूर्वानुमान छ ।

महाशाखाले आज दिउँसो कोसी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताएको छ । दिउँसो कोशी, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चििमका हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना रहेको जनाएको छ । आज राति पनि कोशी, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना छ ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार ०६:४५

लोकप्रिय