सूचनाको शक्ति - The Power Of Information

        

आज माघ २८ गतेको राशिफल : मेषलाई उत्साह, मीनलाई समस्या

२०८१ माघ २८ गते, सोमवार, १० फेब्रुवरी २०२५ । माघ शुक्लपक्ष त्रयोदशी तिथि । पुनर्वशु नक्षत्र । चन्द्रराशि मिथुन, १२ः३८ बजेपछि कर्कट ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । दिउँसोदेखि साथीभाइसँग केही सन्तुलित व्यवहार गर्नुपर्ला । बेसुरमा काम गर्ने बानीले समस्या पर्न सक्छ । शुभचिन्तकहरूको सहयोगले काम बन्नेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ । दिगो काम प्रारम्भ हुनाले आम्दानीका स्रोत बढ्नेछन् । अध्ययनमा प्रगति हुनुका साथै अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ । दिउँसोदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ । व्यापार बढ्नाले मनग्य लाभ हुनेछ । विभिन्न भौतिक साधन संग्रह गर्ने अवसर प्राप्त हुनेछ । सहयोगीको मद्दतले सजिलै काम गर्न सकिनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ । समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । अपराह्नतिर आयस्रोत पनि सबल बन्ने देखिन्छ । सानो प्रयत्नले दिगो काम प्रारम्भ गर्न सकिनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अरूको विश्वासमा पर्दा धोका हुन सक्छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्राको सम्भावना देखिन्छ । दिउँसोदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ । तारिफयोग्य कामले प्रशंसक बढ्नेछन् । ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । तर खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ । सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ । मध्याह्नपछि बसाइको स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना देखिन्छ । परिस्थितिजन्य समस्याले अलि दुःख पाइनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

कीर्तिमानी कामको यश लिँदै लोकप्रियता हासिल गर्न सकिनेछ । आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ । शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ । कर्मयोगले आम्दानी समेत बढाउनेछ । दिउँसोदेखि विभिन्न स्रोतबाट रकम हातलागी हुनेछ । आँटले काम बन्नेछ भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । व्यापार बढ्नेछ र अड्किएको रकम पनि उठ्नेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

सामाजिक जिम्मेवारी प्राप्त हुने समय छ । भाग्यले विभिन्न अवसर दिलाउन सक्छ । अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ । धेरैले कामको तारिफ गर्नेछन् । शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । मेहनतले पदीय जिम्मेवारी दिलाउन सक्छ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

स्वास्थ्य कमजोर रहनाले काम पूरा गर्न केही बढी समय लाग्नेछ । जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । दिउँसोदेखि स्थितिमा केही सुधार आउनेछ । तर पहिलेका चुनौतीहरू कायम रहनेछन् । केही अवसरले पनि पछ्याइरहनेछन् । मिहिनेत गर्दा आंशिक सफलता प्राप्त हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सुरुमा रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ । आतिथ्य खर्चिलो देखिए पनि सत्कार पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ । दिउँसोदेखि आफन्त टाढिनेछन् । सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला । स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ । द्वेष वा ईष्र्या गर्नेहरूले हार खानेछन् । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ । दिउँसोदेखि बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । परिस्थितिलाई सहज बनाउन सकिनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ । मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । भविष्यका लागि नयाँ काममा जग बसाउने मौका छ । लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । मध्याह्नपछि खर्चिलो काम गर्नुपर्ने हुन सक्छ । सापटमा गएको धनले समस्या निम्त्याउला । आफ्नो साधनबाट अरूले फाइदा उठाउनेछन् ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ । तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ । बेसुरमा बोल्ने बानीले पनि दुःख पाइनेछ । अरूलाई दिएको वचन पूरा गर्न नसकिए पनि आर्थिक स्थितिमा केही सुधार आउनेछ । स्वास्थ्य भने केही कमजोर नै रहला । अवसर प्राप्त भए पनि सोचेको काम पूरा गर्न समय लाग्नेछ । व्यापारमा फाइदाको स्रोत पहिल्याउन सकिनेछ ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार ०६:२४

लोकप्रिय