सूचनाको शक्ति - The Power Of Information

        

महाकुम्भ मेलाका तीर्थयात्री बोकेको बस दुर्घटना

कुम्भमेलाका तीर्थयात्री बोकेको बस सुर्खेतमा दुर्घटनामा परेको छ । भारतको प्रयागराजमा जारी महाकुम्भमा जाँदै गरेका तीर्थयात्री सवार भे १ ख ४३३१ नम्बरको यात्रुबहाक बस सुर्खेतको बबईमा दुर्घटनामा परेको हो ।

भारतको उत्तर प्रदेशस्थित गंगा, यमुना र सरस्वतीको त्रिवेणी प्रयागराजमा जारी कुम्भ भेलामा जाँदै गरेको बस रत्न राजमार्गको बबई–हर्रे सडक खण्डको बबईदेखि एक किलोमिटर उत्तर–पश्चिम हर्रेतर्फ दुर्घटनामा परेको हो ।

सुर्खेतको भेरीगंगा नगरपालिका–५ स्थित सानो खोलामा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डीएसपी वीरेन्द्र विश्वकर्माका अनुसार बस बाटोबाट आफैं अनियन्त्रित भइ पुल नजिकबाट सात–आठ मिटर तल खसेको छ ।

‘सबै जना सकुशल नै छन्, घाइतेलाई कोहलपुर अस्पतालतर्फ पठाइएको छ,’ जिल्ला प्रहरी कायाृलय सुर्खेतका एसपी रुपेश खड्काले भने । आइतबार साझ ५ः३० बजेको समयमा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

बसमा कति यात्रु सवार थिए भन्ने समेत यकिन हुन बाँकी छ । हालसम्म १५ जना बढीको उद्धार गरिएको प्रहरीले जनाएको छ । अहिले उद्धारको काम भइरहेकाले थप विवरण आउन बाँकी रहेको उनले बताए ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतवार १८:२९

लोकप्रिय