देशभरको मौसम आज मुख्यतया सफा रहनेछ । पश्चिमी वायुको सामान्य प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ ।
तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ । दिउँसोसम्म हुस्सु र कुहिरो हट्ने विभागले जनाएको छ । विभागका अनुसार दिउँसो मधेस प्रदेशमा पूर्णतया सफा रहनेछ । बाँकी ६ वटा प्रदेशमा आंशिक बदली रहनेछ । यद्यपि, मुख्यतया मौसम सफा रहनेछ । विभागले आज वर्षा र हिमपातको सम्भावना नरहेको बताएको छ ।
यसैबीच, काठमाडौंमा पनि आज मौसम सफा रहनेछ । काठमाडौंमा बिहान ५ ः ४५ बजेको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर २३ देखि २५ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान रहेको मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए । काठमाडौंमा बिहीबार बिहान ५ ः ४५ को न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन गरिएको थियो ।
त्यसैले हिजोभन्दा आज काठमाडौंका कम तापक्रम छ । बुधबार बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस मापन गरिएको थियो । मंगलबार सोही समयमा काठमाडौंको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस थियो । सोमबार काठमाडौंमा बिहान ६ ः १० को न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको थियो ।
यो तथ्यांकले काठमाडौंको तापक्रममा उतारचढाव रहेको देखाउँछ । तराईमा केही हुस्सु र कुहिरो लागे पनि विगतका दिनको तुलनामा केही कम भएको उनको भनाइ छ । ‘विगतका दिनहरूको तुलनामा तराईका हुस्सु र कुहिरो कम हुन थालेको छ,’ मौसमविद् दाहालले भने, ‘बिहान लागेको हुस्सु र कुहिरो दिउँसोसम्म हट्नेछ । अब विस्तारै हुस्सु र कुहिरो कम हुन थालेको छ ।’
बिहान पौने ६ बजे धनगढीको भिजिविलिटी १५ सय मिटर छ । पोखरा, भैरहवा र सिमराको भिजिविलिटी समान तीन हजार मिटर छ । विराटनगरको भिजिविलिटी एक हजार मिटर रहेको उनले जानकारी दिए । केही दिनअघि कतिपय स्थानमा भिजिविलिटी नीलसमेत हुने गरेको थियो । जाडो कम हुँदै जाँदा हुस्सु र कुहिरो पनि घट्दै जाने मौसमविद्हरु बताउँछन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं