सूचनाको शक्ति - The Power Of Information

        

महाकुम्भ मेलामा नेपाली तीर्थयात्रीलाई निःशुल्क खाने र बस्ने व्यवस्था

भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा नेपाली तीर्थयात्रीका लागि बस्ने र खाने व्यवस्था गरिएको छ । दैनिक एक करोडभन्दा बढी भक्तजन पुग्ने गरेको भनिएको महाकुम्भमा नेपाली तीर्थयात्रीका लागि निःशुल्क बस्ने र खाने व्यवस्था गरिएको हो ।

१४४ वर्षको अन्तरालमा हुने महाकुम्भमा नेपाली तीर्थयात्रीलाई बस्ने र खाने व्यवस्थाका लागि कुनै समस्या नहोस् भनी सेवा गरिएको ब्राह्मण अन्तर्राष्ट्रिय सङ्गठन ट्रष्टको संरक्षक संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाले जानकारी दिए ।

एक दिनमा २०० जना नेपाली भक्तजनलाई यस्तो सेवा दिइएको उनको भनाई छ । ‘हरेक दिन भागवत कथा वाचन पनि भइरहेको छ, हाम्रो यो प्रयासलाई भारतीयले समेत प्रशंसा गरेका छन्,’ उनले भने । महाकुम्भमा पुगेर बस्ने र खाने स्थानको खोजीमा भौँतारिने नेपालीलाई यसले राहत पुगेको जनाइएको छ ।

प्रकाशित मिति : २० माघ २०८१, आइतवार ०८:१२

लोकप्रिय