सूचनाको शक्ति - The Power Of Information

        

नेपाल प्रहरीमा ७५ डिएसपीको दरबन्दी रिक्त

नेपाल प्रहरीमा प्रहरी नायव उपरीक्षक (डीएसपी)को ७५ दरबन्दी रिक्त भएका छन् । गत शुक्रबार मध्यराति प्रहरी प्रधान कार्यालय नक्सालले ३७ डिएसपीलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरेसँगै रिक्त डिएसपीको पदसंख्या ७५ पुगेको हो ।

यसअघि नेपाल प्रहरीमा ३८ डीएसपी रिक्त थिए । रिक्त डिएसपीको संख्या ७५ पुगेसँगै प्रहरी प्रधान कार्यालयले इन्सपेक्टरबाट डीएसपी बढुवाको तयारी सुरु गरेको छ । अहिले डीएसपी बढुवाको मुख्य प्रतिस्पर्धामा २०७० मा इन्सपेक्टरमा भर्ना भएका टोलीहरू प्रतिस्पर्धामा छन् ।

२०७० मा इन्सपेक्टरमा भर्ना भएका १४४ जनामध्ये यो ब्याचका अझै ७९ जना भने इन्सपेक्टरमै छन् । २०७० को ब्याचबाट यसअघि दुई लटमा डीएसपी बढुवा भइसकेको छ । पहिलो लटमा २२ जेठ २०८० मा २०७० को ब्याचका ४६ जना डीएसपीमा बढुवा भएका थिए ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार १४:५९

लोकप्रिय