सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकामा ट्रम्पमाथि अनुसन्धान गरिरहेका १२ वकिल बर्खास्त

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेका आरोपमा अनुसन्धान गर्ने १२ वकिललाई पदबाट बर्खास्त गरिएको छ । कार्यवाहक महान्यायाधिवक्ता जेम्स मेक हेनरीले ती वकिलहरूलाई पदबाट हटाउने निर्णय गरेका सीबीएस न्यूजले जनाएको छ ।

राष्ट्रपति ट्रम्पका नीतिलाई उनीहरूले राम्रोसँग कार्यान्वयन गर्न नसक्ने ठहर गर्दै पदबाट हटाइएको ती अधिकारीले जनाएका छन् । बर्खास्तमा परेका विशेष वकिल ज्याक स्मिथको टिमका सदस्य हुन् ।

उनीहरू ट्रम्पले सन् २०२० को चुनावको नतिजा उल्ट्याउने प्रयास गरेको विषयमा अनुसन्धानमा संलग्न थिए । जो बाइडनले चुनाव जित्ने निश्चित भएपछि ट्रम्प समर्थक तोडफोडमा उत्रिँदा स्थिति तनावपूर्ण भएको थियो ।

त्यसपछि ट्रम्पमाथि चुनावको नतिजा उल्ट्याउने प्रयास गरेको आरोपमा अनुसन्धान भइरहेको थियो । अनुसन्धानका लागि स्मिथलाई विशेष वकिलको रूपमा नियुक्त गरिएको थियो । तर, सन् २०२४ को राष्ट्रपति निर्वाचनमा ट्रम्प विजयी भएपछि अनुसन्धानको फाइल बन्द गरिएको थियो । भने ट्रम्पले पद सम्हालेलगत्तै उनीहरूलाई पदबाट हटाउने घोषणा गरेका थिए ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १५ माघ २०८१, मंगलवार ०९:५६

लोकप्रिय