गाजामा युद्धविराम घोषणा भएको एक साता बित्न लाग्दा प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास)ले चार जनालाई बन्धकमुक्त गरेको छ । शनिबार हमासले चार इजरायली युवतीलाई बन्धकमुक्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् । हमासले कैदी आदानप्रदान कार्यक्रम अन्तर्गत चार जना इजरायली महिला बन्धकलाई रिहा गरेको छ ।
बन्धकहरूलाई सुपुर्दगी गरिएको गाजाको एक चोकमा रेडक्रसका चार वटा गाडीमा इजरायलतर्फबाट करिब २०० प्यालेस्टिनीलाई ल्याई उनीहरू र चार इजरायली बन्धक महिलाको आदानप्रदान गरिएको एएफपीका एक संवाददाताले बताएका छन् । बन्धकमुक्त हुनेमा करिना एरिएभ, ड्यानियला जिल्बोआ, नामा लेभी र लिरी अलबाग छन् ।
लिरी १९ वर्षकी छन् । बाँकी तीनै जना २० वर्षका छन् । उनीहरूलाई हमासले रेडक्रसको जिम्मा लगाएका थिए । रेडक्रसले इजरायल डिफेन्स फोर्स (आइडिएफ)को जिम्मा लगाएको छ । आइडिएफले बन्धकमुक्त हुनेहरूको परिवारलाई खबर गरेका थिए । हमासले बन्धक रिहा गरेपछि इजरायलले पनि बदलामा २०० प्यालेस्टिनीहरूलाई कैदमुक्त गरेको छ ।
इजरायल र हमासबीच गत आइतबार युद्धविराम भएको थियो । त्यसदिन हमासले तीन जनालाई बन्धकमुक्त गरेको थियो भने इजरायलले जेलमा रहेका ९० जनालाई कैदमुक्त गरेको थियो । पहिलो चरणको युद्धविराम ४२ दिनको हुने भनिएको छ । सो अवधिमा हमासले ३३ जना बन्धक छाड्ने सम्झौता भएको छ भने इजरायलले दुई हजारभन्दा बढीलाई कैदमुक्त गर्नेछ । हमासले प्रत्येक साता चार जना बन्धक रिहा गर्नेछ ।
सोही आधारमा इजरायलले प्यालेस्टिनीहरूलाई जेलबाट छाड्नेछ । पहिलो चरणको युद्धविरामकै अवधिमा दोस्रो चरणको युद्धविरामका लागि मध्यस्तकर्ताहरुले छलफल गर्नेछन् । युद्धविराम तीन चरणमा हुने भनिएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार २०० प्यालेस्टिनी कैदीहरूमध्ये १२० जना आजीवन कारावासको सजाय काटिरहेका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं