अमेरिकी विदेश मन्त्रालयले अरू देशमा दिइँदै आएको सहायता रोकेको छ । अमेरिकी अधिकारी र आफ्ना दूतावासहरूलाई पठाइएको आन्तरिक मेमो (पत्र)मा यो विशेष उल्लेख रहेको बीबीसीले जनाएको छ । ‘लिक’ भएको यो सूचना राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार जारी गरेको कार्यकारी आदेशपछि आएको हो ।
यसमा परराष्ट्र नीतिको समीक्षा अवधिसम्म ९० दिनका निम्ति विदेशमा दिइने सबै प्रकारका सहायतामा प्रतिबन्ध लगाइएको छ । अमेरिका विश्वको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सहायता दाता मुलुक हो । सन् २०२३ को सरकारी तथ्यांका अनुसार अमेरिकाले विदेशी सहायतामा ६८ अर्ब डलर खर्च गर्छ ।
अमेरिकी विदेश मन्त्रालयको यो सूचना विकास कार्यदेखि सैन्य क्षेत्रसम्म सबै ठाउँमा लागु हुनेछ । उक्त मेमोमा अपवादका रूपमा आपत्कालीन खाद्य सहायता, इजरायल र इजिप्टलाई दिइने सैन्य सहायता यसमा पर्दैन । लिक भएको मेमोको बीबीसीले पुष्टि गरेको जनाइएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं