बाँकेमा बाघको आक्रमणबाट एक जना वृद्धाको मृत्यु भएको छ । बाँके राप्तीसोनारी गाउँपालिका–८ सम्शेरगन्जमा पर्ने भगवती सामुदायीक वन उपभोक्ता समुहको बनमा घाँस दाउरा सङ्कलन गर्न गएकी ओभरीकी ६८ वर्षीय चेती बुढाथोकीको मृत्यु भएको हो ।
मृतकको शव टाउको नै नभएको अवस्थामा भेटिएकाले बाघ वा चितुवामध्ये कुनै एक वन्यजन्तुले मारेको हुन सक्ने आशंका गरिएको छ । सम्शेरगन्ज प्रहरी चौकीका इन्चार्ज असई जगत चौधरीले पनि बुढाथोकीको बाघको आक्रमणबाट मृत्यु भएको जानकारी दिएका छन् ।
सम्शेरगन्ज सव–डिभिजन कार्यालयका वरिष्ठ वन अधिकृत मनोज शर्माका अनुसार भगवती सामुदायिक वनमा दाउरा काट्न गएकी बुढाथोकीलाई वन्यजन्तुले आक्रमण गरी मारेको हुन सक्ने अनुमान गरिएको छ ।
वरिष्ठ वन अधिकृत शर्माले भने, ‘मृतक चेतीलाई बाघले आक्रमण गरेको भन्ने छ, चितुवा हो या बाघले मारेको हो, अहिले नै एकीन हुँदैन । यसको फरेन्सिक जाँच भयो भने मात्र तथ्यका आधारमा भन्न सकिन्छ ।’
वरिष्ठ वन अधिकृत शर्माका अनुसार आज दिउँसो ३ बजेको समयमा पूर्वपश्चिम राजमार्गदेखि एक किमी पूर्वी भागमा लतारिएको अवस्थामा मृतक चेतीको शव भेटिएको थियो । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढ्दा छेउछाउका सामुदायिक वनमा बाघ देखिने गरेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके