सूचनाको शक्ति - The Power Of Information

        

आज अमेरिकी राष्ट्रपतिको शपथ लिँदै ट्रम्प

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले सोमबार शपथ लिँदैछन् । शपथ ग्रहणका लागि उनी वासिङ्टन पुगेका छन् । शपथ ग्रहणअघि ठूलो संख्यामा जम्मा भएर उनका समर्थकहरूले विजयी जुलुस निकालेका छन् । विजयी जुलुसमा ट्रम्प पनि सरिक भएका छन् ।

ट्रम्पको शपथ ग्रहण अमेरिकी संसद भवन ‘क्यापिटल’मा हुनेछ । उनको भव्य शपथ ग्रहणका लागि सबै तयारी पूरा भइसकेको छ । शपथ ग्रहण समारोहमा सरिक हुन ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पनि निम्ता दिएका थिए । राष्ट्रपति जो बाइडेन र ट्रम्पसँग चुनाव हारेकी कमला ह्यारिसले शान्तिपूर्ण तवरबाट सत्ता हस्तान्तरण हुने बताएका थिए ।

गत कात्तिक भएको चुनावमा ट्रम्पले ३१२ इलेक्टोरल कलेज जित्दै राष्ट्रपति निर्वाचित भएका थिए । राष्ट्रपतिको शपथ लिएलगत्तै उनले केही महत्त्वपूर्ण निर्णय लिने भनेका छन् । ट्रम्पले दोस्रो पटक कार्यभार सम्हाल्दै गर्दा सीमासँग सम्बन्धित, आप्रवासी, आर्थिक र जलवायु परिवर्तनसँग सम्बन्धित १०० भन्दा बढी कार्यकारी आदेश जारी गर्ने बताइएको छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ७ माघ २०८१, सोमबार ०८:२८

लोकप्रिय